सोमबार, मंसिर १० गते २०८१

भोटेकोशीको ढलान भत्किएको घटना : मृतकका परिवारलाई तीस लाख दिइने

भोटेकोशीको ढलान भत्किएको घटना : मृतकका परिवारलाई तीस लाख दिइने

अखबार दैनिक
आइतबार, असार ३१ २०८१
  • भोटेकोशीको ढलान भत्किएको घटना : मृतकका परिवारलाई तीस लाख दिइने

    सिन्धुपाल्चोकमा निर्माणाधीन ४० मेगावाटको भोटेकोसी–१ जलविद्युत् आयोजनाको डिसेन्डर स्ल्याबको ढलान भत्किँदा थिचिएर मृत्यु भएका दुई कामदारका परिवारलाई प्रवद्र्धक कम्पनीले आर्थिक सहायता प्रदान गर्ने भएको छ।

    images

    भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन आयोजनाको प्रवद्र्धक इलेक्ट्रोपावर कम्पनी लिमिटेडले मृतक कामदार बर्दियाको ठाकुरबाबा नगरपालिकाका रामजीन थारू र सुमन थारूका परिवारलाई प्रतिपरिवार रु ३० लाख आर्थिक सहयोग प्रदान गर्ने भएको हो।

    लेट्रो पावरका आयोजना प्रबन्धक उमेश पराजुलीका अनुसार आयोजना निर्माणको ठेक्का लिएका ‘सब–कन्ट्र्यक्टर’ कम्पनी बीएमआर कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि र मृतक परिवारको तर्फबाट वडा अध्यक्षले आर्थिक सहायता दिने लिखित सम्झौतामा हस्ताक्षर गरेका छन्।  सहायता रकम १५ दिनभित्र उपलब्ध गराउने सम्झौता भएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार