सोमबार, मंसिर १० गते २०८१

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

शुक्रबार, असार २९ २०८१
  • नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बस पुर्‍यो, केही यात्रु बेपत्ता

    २८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले दुईवटा बस बगाउँदा त्रिशूलीमा बेपत्ता भएका छन् । ती बसमा चालकसहित ६३ जना रहेको अनुमान छ ।

    images

    घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन् । उनका अनुसार काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठामाडौँ जाँदै गरेको एन्जट बस त्रिशूलीमा खसेका हुन् । 

    प्रारम्भिक जानकारीअनुसार गौर जान आउँदै गरेको बसमा ४१ जना र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए । उनले भने, “हामी घटनास्थलमा छौँ । पानी परिरहेकाले छ । उद्धारको काम थालिएको छ । पहिरो पन्छाउन सुरु गरिएको छ ।” उनले  यकिन विवरण भने आई नसकेको बताए । 

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार