आइतबार, भदौ २३ गते २०८१

चलचित्र ‘गुन्यो चोलो :गुलाबी ' को पोस्टर सार्वजनिक

चलचित्र ‘गुन्यो चोलो :गुलाबी ' को पोस्टर सार्वजनिक

अखबार दैनिक
बिहीबार , असार २८ २०८१
  • चलचित्र ‘गुन्यो चोलो :गुलाबी ' को पोस्टर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘गुन्यो चोलो' को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र  कात्तिक ९ मा प्रदर्शन हुने बताइएको छ । बिहीबार नाजिर हुसेनको लुक्ससहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरेको हो । पोस्टरमा नाजिर फरक लुक्समा छन् । 

    images

    चलचित्रलाई निर्देशक समुन्द्र भट्टले निर्देशन गरेकी छन् । चलचित्रमा समुन्द्र भट्ट र नाजिर हुसेनको पटकथा तथा संवाद छ ।  अमेरिकी कम्पनी ‘भिजन इन्टरटेन्मेन्ट’ र ‘दि स्काई ओसन इन्टरटेन्मेन्ट’को ब्यानरमा निर्माण भएको चलचित्रले समलिंगी तथा तेस्रोलिंगीको कथालाई उठान गरेको छ । 

    नाजिरसँगै चलचित्रमा अभिनेत्री संचिता लुइँटेल, सुशील सिटौला, अनुपम श्रेष्ठ र विशाल पहारीलाई पनि मुख्य भूमिकामा देख्न सकिन्छ । चलचित्रको पोस्टप्रोडक्सनको काम नेपाल बाहिर गरिएको छ । चलचित्रको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइन, ब्याकग्राउन्डस्कोर नेपाल बाहिर गरिएको निर्माण पक्षले बताएको छ । 

    चलचित्र नेपाली फिल्म प्रोड्क्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको सहकार्यमा बनेको हो । चलचित्रमा आकाश बुढाथोकी र भि.भन्से जानुबोनको लगानी छ । चलचित्रको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् । अनुपम श्रेष्ठ चलचित्रका सहयोगी निर्माता हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ