शुक्रबार, कात्तिक २ गते २०८१

भारतमा २४ घन्टामा वर्षाजन्य घटनामा २२ जनाको मृत्यु

भारतमा २४ घन्टामा वर्षाजन्य घटनामा २२ जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , असार २८ २०८१
  • भारतमा २४ घन्टामा वर्षाजन्य घटनामा २२ जनाको मृत्यु

    भारतको उत्तर प्रदेशमा पछिल्लो २४ घन्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

    images

    राहत विभागका अधिकारीहरूका अनुसार अविरल वर्षाले नदीहरूको जलस्तर बढाउँदा राज्यका १२ जिल्लाका ६ सयभन्दा बढी गाउँ जलमग्न भएका छन् ।बाढीले एक हजार एकडभन्दा बढी कृषि भूमि डुबानमा परेको छ भने आठ लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

    राहत र उद्धार टोलीले १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । मनसुनी भारी वर्षाले भारतको उत्तरपूर्वी राज्य आसाममा पूर्ण बाढीबाहेक देशका धेरै राज्यमा जल तथा बाढीजन्य अवस्थाहरू निम्त्याएको छ । रासस/सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ