आइतबार, भदौ २३ गते २०८१

अम्बानीको विवाहमा प्रबल गुरुङ पनि सहभागी हुँदै

अम्बानीको विवाहमा प्रबल गुरुङ पनि सहभागी हुँदै

अखबार दैनिक
बिहीबार , असार २८ २०८१
  • अम्बानीको विवाहमा प्रबल गुरुङ पनि सहभागी हुँदै

    भारतीय अर्बपति मुकेश अम्बानीका कान्छा छोरा अनन्त र प्रेमिका राधिका मर्चेन्ट भोलि (शुक्रबार) विवाह बन्धनमा बाँधिंदैछन् । मुम्बईमा हुने वैवाहिक समारोहमा फेसन डिजाइनर प्रबल गुरुङ पनि सहभागी हुन भएका छन् । विवाह समारोहमा सहभागी हुन उनी आज हिजो (बुधबार) बेलुका काठमाडौं हुँदै मुम्बई उडेका थिए। गत साता नेपाल आइपुगेका प्रबल काठमाडौंस्थित घरमा केही दिन बसेर मुम्बई उडेका हुन् ।

    images

    प्रबलले सामाजिक सञ्जालबाटै यसबारे जानकारी दिइसकेका छन् । इकोनोमिक टाइम्सले अनन्त अम्बानीको विवाहमा सहभागी हुने गेस्टको सूची सार्वजनिक गरेको छ । विवाह समारोह परम्परागत हिन्दू वैदिक अनुष्ठान अनुसार हुनेछ । १२ जुलाईमा विवाह, १३ जुलाईमा शुभ आशीर्वाद र १४ जुलाईमा रिसेप्सन तय छ । एक महिनादेखि चलेको वैवाहिक समारोहको सिलसिला आगामी सप्ताहन्तसम्म चल्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ