आइतबार, भदौ २३ गते २०८१

अस्ट्रेलियामा एक पितामाथि तीन सन्तानलाई जलाएर हत्या गरेको आरोप

अस्ट्रेलियामा एक पितामाथि तीन सन्तानलाई जलाएर हत्या गरेको आरोप

अखबार दैनिक
बिहीबार , असार २८ २०८१
  • अस्ट्रेलियामा एक पितामाथि तीन सन्तानलाई जलाएर हत्या गरेको आरोप

    एक अस्ट्रेलियाली व्यक्तिले आफ्ना तीन छोराछोरीको हत्या गरी घरमा आगो लगाएर परिवारका सबै सदस्यलाई मार्ने प्रयास गरेको आरोप लागेको छ ।आइतबार बिहान सिड्नी क्षेत्रमा भएको यो घटनामा आगलागीमा परी पाँच महिनाकी बालिका, साढे दुई वर्ष र ६ वर्षका बालकको मृत्यु भएको हो ।

    images

    साढे दुई वर्षको बालक गम्भीर अवस्थामा घरबाट बाहिर निकालिएको थियो । उनलाई अस्पताल लगे पनि बचाउन भने सकिएन ।

    छिमेकी र आकस्मिक सेवाहरूले बाँकी सदस्यहरूलाई सुरक्षित रूपमा घरबाट बाहिर निकाल्ने प्रयास गरेका थिए । घटनामा चार, सात र ११ वर्षका तीन बालक र एक नौ वर्षीया बालिका आफ्नी आमासँगै बाँच्न सफल भएका छन्।

    २८ वर्षीय पुरुषमाथि तीनवटा हत्या, पाँच जनाको ज्यान मार्ने प्रयास र सम्पत्ति नष्ट गरेको आरोप लाइएको छ। अस्ट्रेलिया सरकारले घरेलु हिंसालाई ‘राष्ट्रिय सङ्कट’ घोषणा गरेको बेला यो खबर आएको हो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ