आइतबार, भदौ २३ गते २०८१

उड्ने बेलामा विमानको पाङ्ग्रा फुस्किएपछि…

उड्ने बेलामा विमानको पाङ्ग्रा फुस्किएपछि…

अखबार दैनिक
बुधबार, असार २७ २०८१
  • उड्ने बेलामा विमानको पाङ्ग्रा फुस्किएपछि…

    युनाइटेड एयरलाइन्सको एउटा विमान भयानक दुघर्टनाबाट बचेको छ । लस एन्जलस अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दै गर्दा सोमबार कम्पनीको एक विमानको एउटा पाङ्ग्रा फुस्किएको पाइयो ।

    images

    हालैका महिनाहरूमा कम्पनीका विमानमा एक पछि अर्को गर्दै समस्याहरू आइरहेका छन् । अमेरिकाको सङ्घीय उड्डयन अधिकारीहरूले कम्पनीको विमानहरूमाथि सुरक्षा समीक्षा पनि गरिरहेका छन् । यसैबिच यो घटना भएको हो ।

    सोमबार डेनभरमा पाङ्ग्रा हराएको सो विमानको सकुशल अवतरण भएको थियो । यस घटनामा कसैलाई पनि चोट नलागेको बताइएको छ । समस्या देखिएको विमान बोइङ ७५७–२०० भएको बताइएको छ । घटनाको समयमा विमानभित्र १७४ जना यात्री र ७ जना क्रुमेम्बर थिए । के कारणले विमानको पाङ्ग्रा फुस्कियो भन्नेबारे अनुसन्धान भइरहेको युनाइटेड एयरलाइन्सले बताएको छ ।

    यस घटनाको सङ्घीय उड्डयन प्रशासन (एफएए)ले पनि छानबिन गरिरहेको छ । मार्चमा पनि युनाइटेड एयरलाइन्सको एउटा विमान उड्ने बित्तिकै पाङ्ग्रा खसेको थियो । मार्च महिनामा मात्रै कम्पनीका कम्तीमा एक दर्जन उडानमा यस्ता अनेक सुरक्षा समस्या देखिएको थियो । यी घटनाहरूपछि मार्चमा एफएएले कम्पनीको सुरक्षा समीक्षा सुरु गरेको थियो । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ