काठमाडौं उपत्यकाका पुराना र ठूला बजारका सटर धेरैजसो रित्ता देखिएका छन् । अहिले जताततै टु-लेट लेखेको मात्रै भेट्न सकिन्छ । मुख्य व्यापार हुने क्षेत्रका भवनहरूमा अहिले व्यापारिक र कार्यालयका बोर्ड कम, धेरै टु-लेट लेखेको मात्रै देखिन्छ। भव्य देखिने धेरै व्यापारिक मल अहिले सुनसान छन् । सटरमा फोन नम्बरसहित ‘टु लेट’ र ‘भाडामा’ लेखेका बोर्डहरू बाक्लै भेटिन थालेका छन् । सानादेखि ठूला सबै व्यापार घट्दै जाँदा सटरहरू पनि रित्ता हुँदै गएका हुन् ।
राजधानी सहरका मलहरू कुनै बेला सातै दिन भिडभाडयुक्त हुन्थे । तर अहिलेको अवस्था फरक छ, ठूला मलहरूदेखि साना एउटा सटरका दोकानमा पनि ग्राहको अभाव हुन थालेको छ ।