आइतबार, भदौ २३ गते २०८१

अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट गरिन् अभिनयमा डेब्यु

अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट गरिन् अभिनयमा डेब्यु

अखबार दैनिक
सोमबार, असार २५ २०८१
  • अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट गरिन् अभिनयमा डेब्यु

    काठमाडौं । गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले नाटक ‘राधा’बाट अभिनय करिअरमा डेब्यु गरेकी छन् । उनको अभिनय रहेको नाटक मंगलबारदेखि मण्डला थिएटरमा मञ्चन हुँदैछ । उले मण्डला नाटकघरमा छात्रवृत्तिमा एक वर्षको अभिनय कोर्स सकेकी हुन् । अभिनेता बुद्धि तामाङ लगायतले उनलाई अभिनय सिकाइरहेका थिए ।

    images

    मण्डलाबाट अभिनय कोर्स उत्तीर्ण गर्ने विद्यार्थीले बनाएको उक्त नाटक ‘राधा’मा पारितोषिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ । नाटकमा उनले शीर्ष पात्र राधाको भूमिका निर्वाह गर्नेछिन् ।

    ‘एक सन्तानप्रति आमाको माया कहिले पो क्षीण हुन्छ र’ भन्ने थिममा तयार भएको यो नाटकलाई तुलसी परियारले निर्देशन र सुमित्रा बोगटीले लेखेकी हुन् । मंगलबार दिउँसो २ र साँझ ६ बजे यो नाटक देखाउने तयारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ