बुधबार, कात्तिक २१ गते २०८१

जयपृथ्वी राजमार्ग अवरूद्ध

जयपृथ्वी राजमार्ग अवरूद्ध

अखबार दैनिक
आइतबार, असार २४ २०८१
  • जयपृथ्वी राजमार्ग अवरूद्ध

    वर्षासँगै पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरूद्ध भएको छ । शुक्रबारदेखि निरन्तर परिरहेको वर्षासँगै आएको पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध भएको हो ।

    images

    बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा शनिबार रातिदेखि बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जीप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन् ।

    सडक नियमित सञ्चालनका लागि सहजीकरण गर्न जिल्ला प्रशासन कार्यालय बझाङले बैतडी प्रशासनलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइकेलले बताए । उनले बझाङ–बैतडीको सिमाना भए पनि बैतडीको खोड्पे नजिकै पहिरो गएकाले पहिरो हटाउन सहजीकरण र सहयोग गर्न बैतडी प्रशासनलाई अनुरोध गरिएको बताए ।

    प्रजिअ कुइकेलले जयपृथ्वी राजमार्गअन्तर्गत मालालाग्ने भीरमा पनि पहिरो गएकाले स्थानीय तहसँग जनशक्ति र आवश्यक उपकरण उपलब्ध गर्न अनुरोध गरिएको बताए । राजमार्ग नियमित सञ्चालन गरी जनजीवन सामान्य बनाउन सबैले सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार