आइतबार, भदौ २३ गते २०८१

गायिका कमला घिमिरे ‘माइली’ फिल्म बाट अभिनयमा डेब्यु गर्दै

गायिका कमला घिमिरे ‘माइली’ फिल्म बाट अभिनयमा डेब्यु गर्दै

अखबार दैनिक
आइतबार, असार २४ २०८१
  • गायिका कमला घिमिरे ‘माइली’ फिल्म बाट अभिनयमा डेब्यु गर्दै

    काठमाडौँ । एक समय बाल गायिकाको रूपमा चर्चित कमला घिमिरे फिल्म अभिनयमा देखिने भएकी छन् । उनले फिल्म ‘माइली’बाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् ।

    images

    रुना इन्टरटेन्ट्मेन्टको ब्यानरमा बन्ने फिल्म ‘माइली’ मा कलाकारको रूपमा घिमिरे अनुबन्धित भएका निर्देशक  बाबू साहेब बलामीले बताए । फिल्ममा उनको भूमिका अहिले खुलाइएको छैन ।

    फिल्म अभिनय गर्न पाउँदा खुसी लागेको कमलाले बताइन् ‘जसरी गीत संगीतको क्षेत्रमा माया पाएको छु । त्यसरीनै फिल्ममा पनि माया र साथ दिनुहुनेछ भन्ने विश्वास लिएकी छु’ घिमिरेले थपिन् ।

    फिल्म युनिटले कमलाको पोस्टर लुक पनि सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टर लुकमा कमलालाई मन्द मुस्कानमा देखाइएको छ । उनको पृष्ठभूमिमा एक महिलाले केही काम गरिरहेको देख्न सकिन्छ ।

    दलित महिलाको श्रीमान् नभएपछि समाजले ऊमाथि कस्तो दृष्टि लगाउँछ ? भन्ने कथामा बन्न लागेको फिल्मको असारको अन्तिमबाट छायाङ्कन हुनेछ । फिल्म मकवानपुरको वीरखर्ग, कुलेखानी, काठमाडौँ र दुबईमा छायाङ्कन हुनेछ । फिल्म शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, सम्वाद र राजेन्द्र बजगाईको सङ्गीत रहनेछ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ