सोमबार, मंसिर १० गते २०८१

देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)

देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)

शनिबार, असार २३ २०८१
  • देशभर ३६ सडक खण्ड अवरुद्ध (विवरणसहित)

    २२ असार, काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न बाढी र पहिरोका कारण देशभरमा ३६ महत्त्वपूर्ण सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार काठमाडौं हेटौडा जाने वैकल्पिक राजमार्गको रूपमा रहेको कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका वडा नम्बर ३ मा पहिलो गएका कारण सडक अवरुद्ध भएको छ ।

    images

    यस्तै चित्लाङ–मकवानपुर सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध भएको छ । यो सडक खण्डमा चन्द्रागिरि वडा नम्बर ४ मा अन्तर्गत रहेको सडकमा पहिरो गएपछि सडक अवरुद्ध बनेको हो । यस्तै भीमफेदी गाउँपालिका ४ मा गएको पहिरोका कारण भीमफेदी काठमाडौ सडक अवरुद्ध भएको छ । 

    यस्तै सिन्धुलीको सुनकोशी गाउँपालिका २ मा गएको पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द भएको छ । काभ्रेको रोशी गाउँपालिका ८ नर्केमा भएको अवरोधका कारण बीपी राजमार्ग खण्ड बन्द भएको छ । 

    यस्तै मनाङको चामेमा बाढीका कारण चामे–बेशीसहर सडक खण्ड पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ । म्यादीमा पहिरोका कारण बेनी–दरवाङ सडक र बेनी जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ । 

    अविरल वर्षाका कारण रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत सडक, चखेल–देउराली जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । लमजुङमा पहिरोका कारण बेशीसहर मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । तनहुँको आवुखैरेनीमा पहिरोका कारण पृथ्वीराजमार्गमा अवरुद्ध भएको छ । हेर्नुहोस् विवरण :

    1.jpg
    2.jpg
    3.jpg
    undefined

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ