सोमबार, मंसिर १० गते २०८१

केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत थापाको मृत्यु

केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत थापाको मृत्यु

शनिबार, असार २३ २०८१
  • केपी ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत थापाको मृत्यु

    असार २२, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको ब्यक्तिगत सुरक्षा अधिकृत इन्स्पेक्टर उमेश थापाको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बलका इन्स्पेक्टर हुन् ।

    images

    सूर्यविनायक नगरपालिका–९ गुण्डुस्थित घरमा सुतेका उनलाई गएराति परिवारले अस्पतालमा लगेका थिए । उपचारको क्रममा उनको भक्तपुर अस्पतालमा मृत्यु भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

    उनलाई हृदयघात भएको आशंका गरिएको छ । घटनाबारे प्रहरी वृत्त जगातेले अनुसन्धान शुरु गरेको छ ।

    उनको शव पोष्टमार्टम गरेर शनिवार नै दाहसंस्कार गरिने सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार