आइतबार, भदौ २३ गते २०८१

बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

अखबार दैनिक
शुक्रबार, असार २२ २०८१
  • बागमती प्रदेशमा ४ सय ८२ जनामा डेंगु संक्रमण

    काठमाडौँ । देश भरमध्ये बागमती प्रदेशमा मात्र ४ सय ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । देशभर १४ सय ३२ संक्रमितमध्ये बागमतीमा मात्रै ४ सय ८२ जनामा डेंगु संक्रमण फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ । 

    images

    यस्तै, कोशी प्रदेशमा ३ सय ५० जना डेंगु पुष्टि भएको छ । यस्तै गण्डकीमा २१२ जनामा, लुम्बिनी प्रदेशमा १७१ जनामा डेंगु संक्रमित फेला परेको ईडीसीडीले जनाएको छ । 

    यस्तै, सुदूरपश्चिममा १५९, मधेसमा ३८ र कर्णालीमा २० जनामा डेंगु पुष्टि भएको ईडीसीडीले उल्लेख गरेको छ । देशभर ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको ईडीसीडीले जनाएको छ । सन् २०२४ को जनवरीदेखि जुलाई ३ सम्म १४ सय ३२ जनामा डेंगु संक्रमण देखिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ