आइतबार, भदौ २३ गते २०८१

घनश्याम लामिछानेको निर्देशनमा ‘तैं चुप मैं चुप’ बन्ने

घनश्याम लामिछानेको निर्देशनमा ‘तैं चुप मैं चुप’ बन्ने

अखबार दैनिक
बिहीबार , असार २१ २०८१
  • घनश्याम लामिछानेको निर्देशनमा ‘तैं चुप मैं चुप’ बन्ने

    काठमाडौं । पोलिटिकल-कमेडी जनराको फिल्म ‘तैं चुप मैं चुप’ को निर्माण घोषणा गरिएको छ । सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवं अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा बन्ने फिल्मको बुधबार एक समारोह गरी घोषणा गरिएको हो । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गर्ने भएका छन् ।

    images

    मनिष गौतमको लेखन रहने ‘तैं चुप मैं चुप’ को छायांकन काठमाडौं र पोखरामा गरिने निर्माण पक्षले जनाएको छ । फिल्मका निर्माता सन्तोष अधिकारी हुन् । फिल्मका लागि कलाकारको छनोट भइरहेको जनाइएको छ ।

    समसामयिक राजनीतिक घटनाक्रमहरूलाई कमेडी शैलीमा प्रस्तुत गरिने निर्देशक घनश्याम लामिछानेले बताए । यसअघि पनि यही टिमले फिल्म ‘चित्रा’ निर्माण गरेको थियो ।

    फिल्ममा आशिष थापा मगर र प्रतिमा थापाको लगानी रहने छ । फिल्मलाई आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ