शुक्रबार, मंसिर १४ गते २०८१

चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित

चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित

अखबार दैनिक
सोमबार, असार १८ २०८१
  • चीनमा भारी वर्षाका कारण करिब दुई लाख व्यक्ति विस्थापित

    पूर्वी चीनको अन्हुई प्रान्तमा परेको व्यापक वर्षाले आठ लाख ११ हजार बासिन्दालाई प्रभावित बनाएको छ भने एक लाख ९५ हजार मानिसलाई वासस्थानबाहिर निकाल्न बाध्य पारेको स्थानीय अधिकारीहरूले बताएका छन्।

    images

    प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका अनुसार आइतबार बिहानसम्म अन्हुईका ६ प्रान्तीय सहर, ३५ काउन्टी तथा जिल्लाहरूमा वर्षाले भयानक क्षति पुर्‍याएको थियो।

    चीनको सबैभन्दा लामो याङ्जी नदीको अन्हुई खण्डमा पानीको तह खतराको  रेखाभन्दा बढी कायम भएको छ। मुसलधारे वर्षाका कारण प्रान्तका अन्य १९ वटा नदीमा पनि पानी सतर्कताका लागि तोकिएको तहभन्दा माथि पुगेको छ । 

    पछिल्लो २४ घण्टादेखि प्रान्तको ठूलो भूभागमा भारी वर्षा हुँदा २५८ वटा स्टेसनमा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको देखिएको छ । योमध्ये सबैभन्दा अधिकतम वर्षा २५५ मिलिमिटर थियो। वर्षा र बाढीको आपतकालीन प्रतिक्रियामा याङ्जी नदीको किनारमा रहेका पाँचवटा सहरसहित अन्हुईका आठवटा सहरका अधिकारीले कुल २६ हजार नागरिकलाई गस्ती गरी सावधानी अपनाउन भनेका छन्।

    अन्हुई मौसम विज्ञान केन्द्रका अनुसार आगामी २४ घण्टादेखि याङ्जे नदीको किनार र दक्षिणी क्षेत्रमा भारी वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। याङ्जे नदीले २०२४ को बाढीको सबैभन्दा धेरै अनुभव गरिरहेको छ।

    मन्त्रालयले अन्हुई, जियाङ्सी, हुबेई र हुनान प्रान्तमा आपतकालीन बाढी प्रतिक्रिया स्तर तेस्रो स्तरमा बढाएको छ भने बाढी राहत प्रयासका लागि मार्ग निर्देशन प्रदान गर्न तत्काल चार अतिरिक्त कार्य टोली पठाएको छ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार