आइतबार, भदौ २३ गते २०८१

चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम पनि हो : रेखा शर्मा

चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम पनि हो : रेखा शर्मा

अखबार दैनिक
सोमबार, असार १८ २०८१
  • चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम पनि हो : रेखा शर्मा

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले चलचित्र आमसञ्चारको सबैभन्दा सशक्त र प्रभावकारी माध्यम भएको बताएकी छन् । 

    images

    आइतबार नेपाल चलचित्र विकास बोर्डको २४ औं वाषिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र मनोरञ्जनको साधन मात्रै नभइ सन्देश दिने प्रभावकारी माध्यम रहेको बताएकी हुन् । उनले चलचित्रको विकासका लागि लिएका लक्ष्यहरू परिणाममा पुर्याउन चुनौतिपूर्ण रहेको बताइन् ।

    उनले दोलखाको फिल्म सिटी बनाउने सरकारको उच्च प्राथमिकतामा रहेको बताइन् । फिल्म सिटी बनेसँगै नेपालले पर्यटन क्षेत्रमा ठूलो फड्को मार्ने उनको विश्वास छ । 

    मन्त्री शर्माले विगतमा भन्दा बढाएर चलचित्र विकास बोर्डमा बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाइन् । उनले चलचित्र ऐन छिटोभन्दा छिटो ल्याउन सरकार संवेदनशील रहेको बताइन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ