शुक्रबार, वैशाख ६ गते २०८२

विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अखबार दैनिक
आइतबार, असार १७ २०८१
  • विराट कोहलीले लिए टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

    काठमाडौं । भारतीय ब्याटर एवं पूर्वकप्तान विराट कोहलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। शनिबार राति भएको विश्वकपको फाइनल खेललगत्तै उनले सन्यास लिने घोषणा गरेका हुन्।

    images

    “यो मेरो अन्तिम टी–२० विश्वकप थियो र हामीले चाहेजस्तै कुरा हासिल गर्न सफल भएका छौँ,” जितपछि कोहलीले भने, “यो उत्कृष्ट खेल थियो । टिमलाई सबैभन्दा धेरै आवश्यक रहेको बेला आफ्नो कर्तव्य पूरा गर्न सकेकोमा निकै खुसी छु । भारतका लागि यो मेरो अन्तिम ट्वान्टी–२० खेल हो । अब नयाँ पुस्ताले जिम्मेवारी सम्हाल्ने समय हो ।”

    विश्वकपको फाइनलमा दक्षिण अफ्रिकालाई सात रनले हराउँदै भारतले १७ वर्षपछि विश्वकपको उपाधि जितेको थियो। उक्त खेलमा कोहली प्लेयर अफ दी म्याच पनि घोषित भए। दक्षिण अफ्रिकाविरुद्धको खेल कोहलीले सर्वाधिक ७६ रनको योगदान दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ