आइतबार, भदौ २३ गते २०८१

सकियो चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन

सकियो चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन

अखबार दैनिक
मंगलबार, असार १२ २०८१
  • सकियो चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन

    काठमाडौं । मित्र प्रधानको निर्देशनमा रहेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को छायाङ्कन सकिएको छ । चलचित्र विकास कम्पनी बालाजुमा सोमबार ‘आँखै रसिलो’ गीतको छायाङ्कनसँगै चलचित्र सकिएको हो ।

    images

    गीतमा अस्मिता अधिकारी र सविन सुवेदीको स्वर छ भने दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा रोशन श्रेष्ठ र आयुषा समालसँगै ‘मेरो डान्स युनिभर्स’की विजेता खुसी कार्की, नारायण प्रधान, डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहको अभिनय तथा नृत्य छ ।

    चलचित्र ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । चलचित्रमा रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, आयुषा समाल, नारायण खाती, भूपेन्द्र लिङ्देन सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजवंशी लगायतको अभिनय छ । 

    पद्मा ईश्वर ईन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा बनेको चलचित्र शिवं अधिकारीको लेखनका हुन् । अमेरिकामा समेत छायाङ्कन भएको फिल्म झापा, इलाम भारतको सिकिम, दार्जलिङ, जयगाउँ, पश्चिम् बंगाल लगायतको ठाउँमा छायाङ्कन भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ