आइतबार, मंसिर ९ गते २०८१

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

अखबार दैनिक
मंगलबार, असार १२ २०८१
  • नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

    नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको सातौ संस्करण सम्पन्न भएको छ । चार दिनसम्म मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिङस्थित एएफआई सिल्भर थिएटरमा सञ्चालन भएको महोत्सवको उद्घाटन नवीन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ देखाइएको थियो । फिडेल देवकोटा निर्देशित चलचित्र ‘द रेड सुटकेस’ प्रदर्शनसँगै समापन भएको महोत्सवको अन्तिम दिन विभिन्न चलचित्रलाई पुरस्कृत गरिएको थियो ।

    images

    महोत्सवमा नेपाल, अमेरिका, इरान , जर्मनी , पाकिस्तानलगायत ११  देशका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३५ चलचित्रहरू प्रदर्शन गरिएको थियो ।

    महोत्सवको निर्णायक मण्डलको संयोजकमा नेपाली निर्देशक दीपक रौनियार र सदस्यमा नीना स्ट्रेइच, रेविका बस्तामेन्टी, माइकल ब्राउन, ल्यारी एंगेल थिए । समापन समारोहमा निर्देशक नवीन सुब्बा र अभिनेता दयाहाङ राई उपस्थित थिए ।

    निर्देशक सुब्बाले नेपाली चलचित्रको  अन्तर्राष्ट्रियकरणमा यस्तो चलचित्र महोत्सव महत्वपूर्ण हुने बताए । ‘यो फिल्म फेस्टिभलले नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरणमा ठूलो भूमिका खेलिरहेको छ । तपाईहरुले अमेरिकामा फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण जुन योगदान पर्याई रहनु भएको छ त्यसको लागि धेरै अनुग्रहित छौं’, उनले  उनले भने, ‘म यहाँहरु बधाई र धन्यवाद भन्न चाहाहन्छु । तपाईहरुले फेस्टिभल आयोजना गरेर नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण जुन योगदान पर्याई रहनु भएको छ, त्यसको  लागि म धेरै अनुग्रहित छौं । म फेस्टिभलमा सहभागी दर्शकहरुलाई पनि धन्यवाद दिन चाहान्छौं । तपाईहरुले फेस्टिभललाई जसरी माया गरिरहनु भएको छ यसले नेपालीप्रति हेर्ने दृष्टिकोणमा रुपान्तरण गर्न सहयोग पुगिरहेको छ ।’

    उनले महोत्सले नयाँ चलचित्र निर्देशक, निर्माता र कलाकारहरुलाई पनि विकास गरिरहेको उनले बताए । ‘यस वर्ष फेस्टिभलमा युवा चलचित्रकमीहरुको उपस्थिति बढेको देखेको छु । यसले पक्कै पनि फेस्टिभलको विकास हुँदै गएको देखाउँछ । भविष्यमा हाम्रो कथा, डायस्पोरामा रहेका नेपालीहरुको कथाहरु सर्वव्यापी हुन फेस्टिभलले ठूलो अर्थ राख्छ भन्ने मैले बुझेको छु’, उनले भने । 

    अभिनेता राईले आफ्नो अघिल्लो चलचित्र ‘सेतो सूर्य’देखि नै महोत्सवमा निरन्तरता पाएको बताए । उनले आफू सकेसम्म नियमितरुपमा फेस्टिभलमा सहभागि हुने जनाए । आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष पूर्णसिंह बराइलीले महोत्सव सातौं संस्करण उत्साहजनक रुपमा सम्पन्न भएको बताए । 

    पुरस्कृत फिल्मको  सुची 
    बेस्ट स्टुडेन्ट फिल्म : अवशेष (रेमन्यान्ट्स)
    जुरी अवार्ड : मम् 
    इम्पावर्डमेन्ट अवार्ड : वखरी, पाकिस्तान 
    डीएमभी क्लोजअप : मेरा दादु (माई ग्रान्डपा)
    डकुमेन्ट्री अडिएन्स च्वाइस : नो मोनास्ट्री नो भिलेज
    उत्कृष्ट फिचर डकुमेन्ट्री : नो विन्टर होलिडेज
    सर्ट फिल्म 

    बेस्ट सर्ट न्यारेटिभ : सनई
    बेस्ट सट् इन्टरनेसनल : न्यान्गा
    नेपाली पानोरमा : धे ड्रीम्स इन्टरनेश्नल फिचरतर्फ 
    बेस्ट न्यारेटिभ इन्टरनेसनल : प्रभिन (इरान)

    प्रतिक्रिया दिनुहोस

    थप समाचार