बुधबार, कात्तिक १४ गते २०८१

७२ जिल्लामा डेंगु संक्रमण फैलियो : १२ सयभन्दा बढी संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा

७२ जिल्लामा डेंगु संक्रमण फैलियो : १२ सयभन्दा बढी संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा

अखबार दैनिक
बुधबार, असार ६ २०८१
  • ७२ जिल्लामा डेंगु संक्रमण फैलियो : १२ सयभन्दा बढी संक्रमित, सबैभन्दा धेरै काठमाडौंमा

    काठमाडौं । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म देशभर साढे १२ सय जनसंख्यामा डेंगी संक्रमण देखिएको छ । ७२ जिल्लामा डेंगी फैलिइ एक हजार २४१ जनामा संक्रमण पुष्टि भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ । 

    images

    ईडीसीडीका अनुसार जुन महिनाका १८ दिनमा (१ देखि १८ जुनसम्म) देशभर १५९ जना डेंगी संक्रमित थपिएका छन् । यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४२८ जनामा संक्रमण देखिएको छ ।
    जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै काठमाडौंमा १४१ जनामा संक्रमण पुष्टि  भएको ईडीसीडीले जनाएको छ । 

    यस्तै, झापामा ११२ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७५, मकवानपुरमा ५९ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुगु, डोल्पा, हुम्ला, जुम्ला, मुस्ताङबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार