बुधबार, कात्तिक ७ गते २०८१

मकैसिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मकैसिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

अखबार दैनिक
मंगलबार, असार ५ २०८१
  • मकैसिङमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    गोरखा । गण्डकी गाउपालिका वडा नंम्वर १ मकैसिङमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । 

    images

    सम्भव नेपालको आयोजनामा, त्रिवि शिक्षण अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र, मकैसिङको सहकार्यमा मिति २०८१\०३ , १ देखि २ गतेसम्म सञ्चालित थियो । सो शिविरमा ६५८ भन्दा बढी सेवाग्राहीले निशुल्क स्वास्थ्य परीक्षण गरीएका थिए ।  शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर ,बाल रोग , यस्तै हाड जोर्नी  विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र एक्सरे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू र ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था गरीएको थियो । ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवा दिने उद्देश्यले स्वास्थ्य शिविरको आयोजना गरिएको सम्भव नेपालको परियोजना प्रमुख उत्तम अधिकारीले बताए । 

    bdb49fbc-de8f-45ed-b7f8-00cb82723536.jpg

    शिविरमा त्रिवि शिक्षण अस्पतालका प्रा.डा सुवाष प्रसाद आचार्य र डा.सन्धा चापागाईको नेतृत्वमा मलेखु टिचिङ अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सेवा दिएका थिए। शिविरमा उक्त क्षेत्रका ६ सय ५८ जना नागरिकले स्वास्थ्य सेवा लिएको अधिकारीले जानकारी दिए। सम्भव नेपालको नियमित कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवाबाट वञ्चित रहेका ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको सम्भव नेपालका अध्यक्ष प्रेम कुमार खत्रिले बताए।

    ccc66323-1f8f-45d3-8592-166fbc6b3799.jpg

    शिविरमा स्त्री रोगसम्बन्धी ४६५ जनाको परीक्षण भएकोमा स्वास्थ्य परिक्षणको क्रममा विभिन्न गम्भीर समस्याहरू पहिचान गरिएका छन्। जसमध्ये एक जनामा फोक्सोको क्यान्सर, आङ् खस्ने समस्या, दम, सुगर, प्रेसर लगायतका समस्याहरू भेटिएका छन्। साथै, पाठेघरको मुखको क्यान्सर सम्बन्धि ११० जनाको स्क्रिनिङ गरिएको छ, भने ११९ जनालाई भिडियो एक्सरे, ७० जनाभन्दा माथिको ECG मुटुको परिक्षण, ६५ जनाभन्दा माथिको एक्सरे र १५० जनाभन्दा माथिको प्रयोगशालामा परिक्षण गरिएको छ। ९५ जनाको रगत परीक्षण, १६५ जनाको पाठेघरको नमुना संकलन गरी परिक्षणको लागी काठमाडौं ल्याइएको थियो । निशुल्क स्वास्थ्य शिविरमा त्रि.वि. शिक्षण अस्पतालका पशुराम पन्तले सम्मोनय गरी उक्त कार्यक्रमलाई सम्पन्न गरेका थिए ।

    89b7fe08-fcda-4e5a-b351-9bae338263d4.jpgb8f274ba-40b3-482b-9655-db66009c6f8f.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ