काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशका ७२ जिल्लामा डेंगी संक्रमण पुष्टि भएको छ । सन् २०२४ को सुरुदेखि जुन दोस्रो सातासम्म सो जिल्लामा संक्रमण पुष्टि भएको (ईडीसीडी)ले जनाएको हो ।
ईडीसीडीका अनुसार सो जिल्लामा एक हजार १७५ जनामा संक्रमण देखिएको हो । जुन महिनाका १५ दिनमा (१ देखि १५ जुनसम्म) देशभर ९३ जना डेंगी संक्रमित थपिएका छन् ।
यो वर्ष (जनवरीयता) वाग्मती प्रदेशमा सबैभन्दा धेरै ४०३ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १२२ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ ।
यस्तै, झापामा १११ जनामा डेंगी पुष्टि भएको छ । चितवनमा ७४, मकवानपुरमा ५८ जना संक्रमित भएको तथ्यांक छ । यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ ।