शनिबार, साउन १२ गते २०८१

गण्डकी गाउपालिकाको मकैसिङमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

गण्डकी गाउपालिकाको मकैसिङमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८१
  • गण्डकी गाउपालिकाको मकैसिङमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

    गोरखा। गण्डकी गाउपालिका वडा नंम्वर १ मकैसिङमा महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
     
    सम्भव नेपालको आयोजनामा मकैसिङ प्राथमिक स्वास्थ्य चौकीमा दुई दिने निशुल्क स्वास्थ्य शिविर हुन लागेको हो । उक्त शिवरमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सकहरुद्धारा उपचार हुने छ। निःशुल्क स्वास्थ्य शिविरमा आगामी असार १ र २ गते शिनीबार र आईतबार हुने छ। शिनीबार बिहान ९ : ३० देखी बेलुका ५ बजे र आइतबार बिहान ७ बजे दखी ११ बजेसम्म आयोजना हुने सम्भव नेपालको परियोजना परिवेक्षक उत्तम अधिकारीले जानकारी दिए ।

    images

    उक्त शिविरमा महिला तथा स्त्री रोग सम्बन्धी विशेषज्ञ सेवा, महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर ,यस्तै हाड जोर्नी  विशेषज्ञ सेवा रेडियोलोजिष्ट, फिजिसियन र एक्स-रे सेवा, निःशुल्क औषधी वितरण तथा अन्य सेवाहरू समेत रहेको अधिकारीले जानकारी दिए ।  ज्येष्ठ नागरिकका लागि एम्बुलेन्स सेवाको पनि व्यवस्था रहेको छ । 

    स्वास्थ्य शिविरबाट विभिन्न रोगको पहिचान गर्नुका साथै महिलाहरूको पाठेघर सम्बन्धी रोगको पहिचान तथा उपचार, पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर रोगको पहिचान समेत हुने भएकाले उक्त शिविरबाट धेरै भन्दा धेरैले लाभ लिने सम्भव नेपालका अध्यक्ष प्रेम कुमार खत्रीले जानकारी दिए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ