मंगलबार, कात्तिक ६ गते २०८१

प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा

प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा

अखबार दैनिक
मंगलबार, जेठ २९ २०८१
  • प्रकाशमान सिंहको स्वास्थ्यवस्था बुझ्न कांग्रेस नेताहरू भारतमा

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत छन् । कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरसहितका नेताहरुले हस्पिटल पुगेर नेता सिंहको स्वास्थ्यवस्थाबारे जानकारी लिएका छन् ।

    images

    सोमबार केन्द्रीय सदस्य महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू हस्पिटल पुगेका थिए । मूत्रप्रणालीमा समस्या देखिएपछि नेपाली चिकित्सकको सिफारिसमा सिंहको नयाँ दिल्लीमा जेठ २१ मा अप्रेसन गरिएको थियो।

    महरले नेता सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताए ।  नेता महर एक साता दिल्लीमा रहने छन् ।  महरले नयाँ दिल्लीमा आयोजना हुने नेपाली जनसम्पर्क समिति भारतको ४८ औँ स्थापना दिवसको कार्यक्रमलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ