शनिबार, साउन १२ गते २०८१

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र प्रदर्शन हुने

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र प्रदर्शन हुने

अखबार दैनिक
शुक्रबार, जेठ २५ २०८१
  • नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३७ चलचित्र प्रदर्शन हुने

    काठमाडौं । नेपाल-अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक गरिएको छ । नवीन सुब्बाद्वारा निर्देशित ‘गाउँ आएको बाटो’ ओपनिङ र फिडेल देवकोटाको ‘द रेड सुटेकस’ समापन फिल्मको रुपमा छन् ।

    images

    पाकिस्तानी मुलका अमेरिकी इराम परविन बिलालद्वारा निर्देशित ‘वाख्री’ र इरानका मिराब्बास खोस्राविनेजेहाद निर्देशित ‘परविन’ लगायतका फिल्म लाइनअपमा समावेश छन् । मेरिल्याण्ड राज्यमा जुन २० देखि २३ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, सर्ट र एनिमेसन गरि ३५ फिल्म स्क्रिनिङ हुनेछन् ।

    महोत्सव उदघाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थिएटरमा हुने आयोजक नेपाल-अमेरिका फिल्म सोसाइटीद्वारा जारी वक्तव्यमा उल्लेख छ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटर र ग्रीनबेल्ट थिएटरमा प्रदर्शन हुने उल्लेख छ ।

    फ्लोरिडाको ग्लोबल पिस फिल्म फेस्टिभलसँगको सहकार्यमा दुई फिल्म स्क्रिनिङ हुनेछन् । यसवर्ष अमेरिकी निर्देशक रोबर्ट ई फ्रेको ‘इन सर्च अफ रिजोलुसन’ र जर्मन निर्देशक रिक मिनिकको ‘द स्ट्रेट गाइज’ स्क्रिनिङ हुनेछन् । यी दुई फिल्म फेस्टिभलले सुरुवातदेखि सहकार्य गरिरहेका छन् ।

    राजन कठेत र सुनिर पाण्डे निर्देशित डकु-ड्रामा ‘ढोरपाटन’ र केसाङ छेतेन निर्देशित वृत्तचित्र ‘डाइभर्सिटी प्लाजा’ पनि प्रदर्शन हुनेछन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिने भएको छ ।

    जुरी सदस्यको नाम भने केही दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिभर फिल्म र संस्कृति, महिला ‘प्यानल’मा छलफल, फिल्म निर्माणबारे मास्टरक्लास पनि संचालन हुने जनाइएको छ । मेरिल्याण्ड राज्यको ‘पाक्र्स तथा योजना आयोग’को सहयोगमा उक्त छलफल हुने जनाइएको छ । सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ