शुक्रबार, मंसिर १४ गते २०८१

लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

अखबार दैनिक
बिहीबार , जेठ २४ २०८१
  • लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सांसद राईको माग

    काठमाडौँ । नेकपा(एमाले) का सांसद मानवीर राई लुक्ला विमानस्थलको स्तरोन्नति गर्न सरकाले उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले सोलुखुम्बुस्थित लुक्ला विमानस्थलको उच्च प्राथमिकताका साथ स्तरोन्नति गर्न सरकारसँग माग गरेका हुन् ।

    images

    उनले सगरमाथा घुम्न जाने पर्यटकहरूले यही विमानस्थलको प्रयोग गर्ने भन्दै उनले एकपटक आएका पर्यटक पुनः विमानस्थलमा नआउने गरेको बताए । राईले पर्यटन विकासको मुख्य आधार नै सगरमाथा रहेको उल्लेख गर्दै यस विमानस्थलाई सगरमाथाको पहुँचमार्गको रूपमा लिएर स्तरोन्नति गर्नुपर्ने बताए ।

    ‘संसारका पर्यटकहरु सगरमाथा घुम्न आउँछन् । तर एकमात्र हवाई यात्रा लुक्ला एयरपोर्ट छ । सानो एयरपोर्ट छ । फेरि फेरि दुःख कष्ट सहेर त्यो क्षेत्रमा पर्यटक आउन बडो गाह्रो मान्ने परिस्थिति छ’ उनले भने, ‘पर्यटन विकास हाम्रो मुलुकको आधार हो भने यसलाई प्राथमिकता दिनुपर्छ । गएको सालको बजेटले त्यसलाई समेट्न सकेन । अहिले मन्त्रीज्युले प्राथमिकतामा राखेको छु भन्नुभएको छ । प्राथमिकतामा मात्रै होइन उच्च प्राथमिकतामा राखेर सगरमाथाको पहुँचमार्ग भनेर उल्लेख गर्नु जरुरी छ ।’  उनले सरकारले कृषि क्षेत्र र जलविद्युतको क्षेत्रलाई पनि प्राथमिकता दिनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार