आइतबार, मंसिर ९ गते २०८१

चौथो आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि शुरु

चौथो आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि शुरु

अखबार दैनिक
बुधबार, जेठ २३ २०८१
  • चौथो आदिवासी जनजाति चलचित्र महोत्सव आजदेखि शुरु

    जेठ २३ काठमाडौं । ‘चौथो आदिवासी जनजाति चलचित्र महोत्सव–२०८१’ आजदेखि शुरु हुँदै छ । महोत्सवमा नेपालका लिम्बू, तामाङ, गुरुङ र मगरलगायत भाषाका चलचित्रका साथै अन्य देशका आदिवासीका चलचित्र तथा वृत्तचित्र पनि प्रदर्शन हुने आयोजक आदिवासी जनजाति चलचित्र महासङ्घले जनाएको छ ।  

    images

    आदिवासी जनजाति चलचित्र महोत्सवले आदिवासी जनजातिका मौलिक कला, संस्कृति, भाषा, धर्म, परम्परा र लोक प्रथाको दस्तावेजीकरण एवं संरक्षण र प्रवर्द्धनका साथै पर्यटन विकासमा टेवा पुग्ने आयोजकको विश्वास छ । महोत्सवको यो चौथो संस्करणमा फिचर, सर्ट फिल्म डकुमेन्ट्रीसहित नौ वटा चलचित्र प्रदर्शन गरिनेछ ।

    महोत्सवमा प्रदर्शन हुने उत्कृष्ट चलचित्रलाई नगद २० हजार, उत्कृष्ट वृत्तचित्रलाई १० हजार, उत्कृष्ट सर्ट फिल्मलाई १० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, पब्लिक च्वाईस अवार्ड पाउनेलाई ३५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार