सोमबार, मंसिर १० गते २०८१

राष्ट्रपति भवन परिसरमा राष्ट्रपतिले पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरे

राष्ट्रपति भवन परिसरमा राष्ट्रपतिले पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरे

अखबार दैनिक
बुधबार, जेठ २३ २०८१
  • राष्ट्रपति भवन परिसरमा राष्ट्रपतिले पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरे

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् । 

    images

    विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिव्ररुपमा  हिमशृङ्गखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका वासीन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरु थपिँदै गएको पनि उल्लेख गरे । 

    उनले भने, ‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रासजस्ता अन्तरसम्बन्धित संकटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ । एक्लो प्रयासले यी संकटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रष्ट छौं ।’

    राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्य : भूमि पुनस्र्थापना,  मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रष्ट पारेको उल्लेख गरे । 

    उनले सो कार्यक्रमले उच्च हिमशृङ्खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकिकृत र सन्तुलित रुपमा सम्बोधन हुने बताए । 

    साे क्रममा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पाैडैलले पलाँसकाे बिरुवा राेपेर बृक्षाराेपरणकाे शुभारम्भ गरेका थिए भने उपराष्टपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बृक्षाराेपरण गरेका थिए । 

    कार्यक्रममा मुख्य सचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदूत तथा दातृ निकायका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार