काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् सांसद चित्रबहादुर केसीले सहकारी ठगहरूले नेपाली जनताको पसिनामा पौडी खेलिरहेको टिप्पणी गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै केसीले यस्तो बताएका हुन् ।
“ठगहरूले सहकारीको सिद्धान्त-नीतिका विपरीत नेपाली जनताको पसिनामा पौडी खेले । फेरि त्यस्तालाई नै सत्ता र शक्तिमा बस्नेले साथ दिन्छन् । यसपटक पनि त्यही देखियो, जसले छानबिन गर्नुपर्थ्यो, त्यसैले सफाइ दिए हेर्नुस् त,” उनले भने ।