दोलखा । सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी अहिले सामान्य छ । आफैँ पानी बग्न थालेकाले ठूलो जोखिम नरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेका अनुसार अहिले नदीको अवस्था सामान्य छ । केही घण्टाअघि लामाबगरभन्दा केही माथि देउराली नजिकै नासा हाइड्रोले बाटो खन्दा सुख्खा पहिरो खसेको थियो । केहीबेर नदी थुनिएको थियो । गर्मी याममा नदीमा पानी धेरै नभएकाले पानीले जोखिम नरहेको बताइएको छ ।