सोमबार, मंसिर १० गते २०८१

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त

पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त

अखबार दैनिक
शुक्रबार, जेठ १८ २०८१
  • पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौँ कामदार उत्खननमा व्यस्त

    दैलेख । जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन् । 

    images

    उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए। 

    कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली फागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार