बुधबार, कात्तिक ७ गते २०८१

मापदण्डविपरीत सञ्चालित औषधि पसललाई कारबाही

मापदण्डविपरीत सञ्चालित औषधि पसललाई कारबाही

अखबार दैनिक
बिहीबार , जेठ १७ २०८१
  • मापदण्डविपरीत सञ्चालित औषधि पसललाई कारबाही

    काठमाडौं । काठमाडौंको त्रिवि शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को कम्पाउण्डभित्रै मापदण्ड विपरित फार्मेसी सञ्चालन गरेको भेटिएपछि महानगरले ताला लगाएको छ । काठमाडौं महानगरपालिकामा टिचिङ हस्पिटलअगाडि म्याद नाघेको औषधि बेचेको गुनासो आएपछि बुधबार महानगरको स्वास्थ्य विभागले अनुगमन गरेको थियो ।

    images

    ‘एक बिरामी बच्चालाई म्याद नाघेको औषधि बेचेको पाइयो । फार्मेसी सञ्चालन गर्नुपर्ने न्यूनतम मापदण्ड पालना पनि नगरेको पाइएपछि टिचिङको कम्पाउन्डमा रहेको पानोर्मा र पञ्जजन्य गरी २ वटा फार्मेसीमा ताला लगाएका हौं,’ महानगरकी निमित्त स्वास्थ्य विभाग प्रमुख सजिना महर्जनले भनिन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ