शुक्रबार, मंसिर ७ गते २०८१

नेपालले टी-२० विश्वकप वार्मअपमा आज क्यानडासँग खेल्दै

नेपालले टी-२० विश्वकप वार्मअपमा आज क्यानडासँग खेल्दै

अखबार दैनिक
सोमबार, जेठ १४ २०८१
  • नेपालले टी-२० विश्वकप वार्मअपमा आज क्यानडासँग खेल्दै

    जेठ १४ काठमाडौं । नेपालले आज टी-२० विश्वकप वार्मअपअन्तर्गत पहिलो खेलमा क्यानडासँग खेल्दैछ । खेल राति सवा ९ बजे अमेरिकाको डलासमा हुँदैछ । यसअघि नेपालले वेष्टइण्डिजको सेन्ट भिसेन्टमा विनवार्ड्सविरुद्ध तीन र त्यसपछि अमेरिकामा ह्युस्टन हरिकेन्ससँग दुई टी-२० अभ्यास खेल खेलेको थियो ।

    images

    नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले भने क्यानडासँगको वार्मअप पनि नखेल्ने भएका छन् । विनवार्ड्सविरुद्धको तेस्रो अभ्यास खेलअघि उनको खुट्टा मर्केको थियो । उनले ह्युस्टन हरिकेन्ससँगका दुई खेल पनि गुमाएका थिए । तर, दीपेन्द्रले मैदानमा आउँदै टोलीसँग अभ्यास भने गर्दै आएका छन् ।

    क्यानडासँगको खेलपछि नेपालले ३० मेमा अमेरिकासँग आईसीसीको वार्मअप खेल खेल्नेछ । क्यानडा र अमेरिकासँग वार्मअप खेलपछि नेपालको सम्पूर्ण तयारी सकिनेछ ।

    विश्वकप १ जुनदेखि २९ सम्म अमेरिका र वेष्टइण्डिजमा सुरु हुँदैछ । नेपालले डालासमै नेदरल्याड्ससँग ४ जुनमा खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।नेपाल रहेको समूहमा दक्षिण अफ्रिका, नेदरल्यान्ड्स श्रीलंका र बंगलादेश छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ