जेठ १३ काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल खेल आज हुदैछ । फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्ने भएका छन् । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७ः ४५ बजेदेखि शुरु हुने छ ।
कोलकोता समुह चरणमा शिर्ष स्थानमा रहदै पहिलो क्वालिफायरमा सनराइजर्सलाई नै पराजित गरेर फाइनलमा पुगेको हो । कोलकोता नाइट राइडर्सले अहिलेसम्म २०१२ र २०१४ मा गरि दुई पटक आइपिएलको उपाधि जितेको छ । त्यस्तै कोलकोता २०२१ मा उपविजेता बनेको थियो ।
त्यस्तै सनराइजर्स अंक तालिकामा दोस्रो स्थानमा रहदै पहिलो क्वालिफायरमा कोलकोतासँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्ने अवसर पाएको थियो । दोस्रो क्वालिफायरमा सनराइजर्सले राजस्थान रोयल्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
सनराइजर्स हैदरावादले अहिलेसम्म एक पटक २०१६ मा आइपिएलको उपाधि जितेको छ । २०१३ देखि आइपिएल खेलिरहेको सनराइजर्स २०१८ मा उपविजेता बनेको थियो ।