सोमबार, मंसिर १० गते २०८१

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

अखबार दैनिक
शुक्रबार, जेठ ११ २०८१
  • लुम्बिनीबाट तिलौराकोट लगियो शिशु बुद्ध

    जेठ ११ बुटवल । मायादेवीले बोधिसत्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्किंदै गर्दाको प्रतिकको रूपमा रहेको शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट दरबार लगिएको छ ।

    images

    सिद्धार्थ गौतमलाई बुद्ध पूर्णिमाको अर्काे दिन लुम्बिनीबाट गृहनगर कपिलवस्तु लगिएको परम्परा अनुसार शुक्रबार शिशु बुद्धलाई बग्गीमा चढाएर तिलौराकोट दरबार लगिएको हो ।

    little-budda-e1716530226846.jpg

    लुम्बिनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजन र लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तुका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेलाई शिशु बुद्व (बोधिसत्व सिद्वार्थ) को धातुको मूर्ति हस्तान्तरण गरी प्राचीन तिलौराकोट दरबार पठाइएको हो ।

    little-budda1-e1716530250527.jpg

    मायादेवी माइतीघर जाने क्रममा लुम्बिनीमा जन्मेका बुद्धलाई गृहनगर तिलौराकोट फर्कंदाको क्षणलाई स्मरण गरी बोधिसत्व बुद्धको मूर्तिको शोभायात्रा गरिएको कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार