९ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउविरुद्ध जनकपुरमा प्रदर्शन भएको छ । जनकपुर नागरिक समाजको ब्यानरमा प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारासहित प्रदर्शन गरेका थिए । जिल्ला अदालत परिसर बाहिर पनि तरुण दल, नेपाल विद्यार्थी संघ, उद्योगी व्यवसायीलगायत उपस्थित भएर नाराबाजी जारी राखेका छन् ।