बिहीबार , कात्तिक २९ गते २०८१

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसुचि ?

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसुचि ?

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८१
  • प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसुचि ?

    जेठ ८ काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेगरी बोलाइएको छ ।  

    images

    बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ । सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने छन् ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची रहेको छ । त्यसपछि सभामुख देवराज घिमिरेले धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने तालिका छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पेस गर्ने छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार