शुक्रबार, मंसिर १४ गते २०८१

सहकारी छानबिन प्रकरण टुङ्गो लगाउन कार्यदलको बैठक सुरु

सहकारी छानबिन प्रकरण टुङ्गो लगाउन कार्यदलको बैठक सुरु

अखबार दैनिक
मंगलबार, जेठ ८ २०८१
  • सहकारी छानबिन प्रकरण टुङ्गो लगाउन कार्यदलको बैठक सुरु

    काठमाडौँ । सहकारीको रकम अपचलन, ठगी र हिनामिना लगायतका विषयमा छानबिनका लागि गठन गर्ने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक सुरु भएको छ । 

    images

    कानुन मन्त्रालयमा मंगलबार सुरु बैठकमा नमिलेकाे विषयमा सहमति जुटाउन प्रयास हुनेछ ।  यसअघि गत आइतबार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन ।  कार्यदलमा विशेषगरी गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । 

    सत्ता र प्रतिपक्ष दलले गत शनिबार सहकारी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन गर्ने सहमति भएको थियो । सो सहमति अनुसार समितिको कार्यादेश (टिओआर) टुङ्गो लगाउन कार्यदल गठन गरिएको थियो । 

    नेकपा एमालेका नेता एवम् कानुनमन्त्री पदम गिरीको नेतृत्वमा गठित चार सदस्यीय कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल सदस्य रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार