शुक्रबार, मंसिर १४ गते २०८१

विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाए

विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाए

अखबार दैनिक
सोमबार, जेठ ७ २०८१
  • विपक्षीको नाराबाजीका बिच प्रधानमन्त्रीको विश्वासको मत पाए

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् । सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । 

    images

    सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा नियमावली  २०७९ नियम १५५ को उपनियम ४ बमोजिम प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । विश्वासको मतको पक्षमा १५८ मत परेको छ । यस्तै विपक्षमा ११३ मत परेको छ । 

    सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा)  नेपाल  विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु  परेको हो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार