शुक्रबार, मंसिर १४ गते २०८१

राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

अखबार दैनिक
सोमबार, जेठ ७ २०८१
  • राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

    जेठ  ७ काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । प्रधानमन्त्रीले आज प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको पक्षमा मत दिने निर्णय भएको जनमत पार्टीकी प्रमुख सचेतक अनितादेवी साहले जानकारी दिइन् ।

    images

    गत फागुन २१ गते कांग्रेस–माओवादी गठबन्धन टुटेर एमाले–माओवादी गठबन्धन बनेपछि प्रतिपक्षमा बस्दै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले भने विश्वासको मत दिन लागेको हो । संघीय संसदमा जनमत पार्टीका ६ जना सांसद छन् ।

    यसअघि जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई समर्थन गरेपछि जनमत विपक्षमा बसेको थियो । अहिले जसपा सरकारबाट बाहिरिएपछि जनमतले सरकारलाई समर्थन गर्ने भएको हो ।

    सरकारमा सहभागी जनता समाजवादी पार्टी (जसपा) गत वैशाख ३१ गते सरकारबाट बाहिरिएसँगै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । सरकारमा सहभागी कुनै पनि दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार