काठमाडौं । राष्ट्रियसभा बैठक फेरि सरेको छ । आइतबार दिउँसो १:१५ बजेका लागि आह्वान गरिएको बैठक ३:१५ बजे सरेको थियो । तर, ३:१५ बजे पनि नबसी अब सोमबार दिउँसो १:१५ बजे मात्रै बस्ने संसद्को महासचिव पद्मप्रसाद पाण्डे सूचना निकालेर जानकारी गराएका छन् ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरेको छ ।
त्यस सम्बन्धमा समितिले के-के गर्ने भन्नेबारे टीओआर टुङ्ग्याउन कार्यदल बनेको छ । कार्यदलले टीओआर नटुङ्ग्याइकन समिति नबन्ने र समिति नबनी संसद् नचल्ने कांग्रेसको अडान छ । प्रतिनिधि सभामा आक्रामक देखिएको कांग्रेसले राष्ट्रिय सभामा पनि अवरोध गरिरहेको छ ।