सोमबार, मंसिर १० गते २०८१

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

अखबार दैनिक
आइतबार, जेठ ६ २०८१
  • लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

    काठमाडौँ । लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली  गरिएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फालाई बदली गर्नको लागि भगवती प्रसाद गुल्म (शान्ति सेना) छैटौँ डफ्फाका ५८ जना शान्ति सैनिकहरूको पहिलो टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो । 

    images

    1.JPG

    प्रमुख सेनानी विश्वनाथ तिमिल्सिनाको नेतृत्व टोली जेठ ५ मा  गएपछि स्पेसल गार्ड युनिट (शान्ति सेना) पाँचौँ डफ्फाका ५९ जना शान्ति सैनिकहरू सेनानी मोहन सिंह भण्डारीको नेतृत्वमा आइतबार स्वदेश फिर्ता भएको छ  ।

    2.JPG

    हाल उक्त मिसनमा नेपाली सेनाका २३४ जना शान्ति सैनिकहरू कार्यरत रहेको सेनाले विज्ञप्ति मार्फत जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार