बिहीबार , कात्तिक २९ गते २०८१

'संसदमा कस्तो भएको छ भने साँढेको जुधाई जस्तो भएको छ' : डा.सिके राउत

'संसदमा कस्तो भएको छ भने साँढेको जुधाई जस्तो भएको छ' : डा.सिके राउत

अखबार दैनिक
आइतबार, जेठ ६ २०८१
  • 'संसदमा कस्तो भएको छ भने साँढेको जुधाई जस्तो भएको छ' : डा.सिके राउत

    जेठ ६ काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले संसद् रङ्गमञ्च जस्तो भइरहेको बताएका छन् । 

    images

    आइतबार काठमाडौंको नेपाल ल क्याम्पसमा आयोजित कार्यक्रममा बोल्दै उनले संसदमा बोल्न निषेध कसैले पनि गर्न नहुने भन्दै नेपाली कांग्रेसले खाली गृहमन्त्री रवि लामिछानेलाई मात्र टारगेट गर्नु गलत भएको बताएका हुन् । 

    उनले भने,‘ मैले पनि पटक पटक भन्ने गरेको छु, यो संसद् रङ्गमञ्च मात्रै भयो है भनेर । संसदमा बोल्न दिनुपर्ने हो । दोष होला नहोला छुट्टै कुरा तर बोल्न निषेध कसैले पनि गर्नुहुँदैन जस्तो लाग्छ । छानबिन त अरू जोकोहीको पनि गर्न सकिन्छ । त्यही भएर एउटा मानिसलाई मात्र टारगेट गर्नुहुँदैन ।’

    उनले संसदमा साँढेको जुधाई जस्तो भएको भन्दै ठूला ठूला पार्टी कुस्ती खेलेर बस्दा आफूहरू भने अप्ठ्यारोमा परेको बताए ।

    उनले भने,‘संसदमा कस्तो भएको छ भने साँढेको जुधाई जस्तो भएको छ । ठूला ठूला पार्टी कुस्ती खेलेर बसेका छन् । हामीलाई चाहिँ कठिन भएको छ । गलत संसदीय अभ्यास भइरहेको छ ।’ 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार