बिहीबार , कात्तिक २९ गते २०८१

शिक्षामन्त्री सुमनाले भेटिन् माइतीघरमा एकल प्रदर्शन गरिरहेका चापागाईंलाई

शिक्षामन्त्री सुमनाले भेटिन् माइतीघरमा एकल प्रदर्शन गरिरहेका चापागाईंलाई

अखबार दैनिक
आइतबार, जेठ ६ २०८१
  • शिक्षामन्त्री सुमनाले भेटिन् माइतीघरमा एकल प्रदर्शन गरिरहेका चापागाईंलाई

    ६ जेठ, काठमाडौं । ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल प्रदर्शन गर्दै आएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईंलाई शिक्षामन्त्री सुमना श्रेष्ठले भेटेकी छन् ।

    images

    प्रदर्शनस्थल माइतीघर चापागाईंलाई भेटेर पुगेर शिक्षामन्त्री सुमनाले माग जायज भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएकी थिइन् । ‘यो विषय हामीले पनि उठाएको विषय हो । यो निकै महत्वपूर्ण छ र शिक्षा मन्त्रालयको ध्यानाकर्षण पनि भएको छ भन्नुभयो,’ प्रदर्शनस्थलमा रहेकी नेपाल समाजवादी पार्टीकी नेता मानुषी यमि भट्टराईले भनिन् ।

    चापागाईंले प्रारम्भिक बाल विकास (ईसीडी) तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्ने लगायतका पाँच बुँदे माग प्रदर्शन गरिरहेका छन् । उनले प्रदर्शन गरेको आज पाँचौं दिन हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार