आइतबार, मंसिर ९ गते २०८१

साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

अखबार दैनिक
आइतबार, जेठ ६ २०८१
  • साइग्रेसको कथा ‘अधुरो प्रेम’मा फिल्म बन्ने

    जेठ ६ काठमाडौँ । कथा बाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित रही चलचित्र बन्ने भएको छ । 

    images

    शनिवार काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित ‘वर्ड टुर विथ साइग्रेस’को ६०औँ शृङ्खलामा साइग्रेस आफैले कथामा चलचित्र घोषणा गरे । शिशिर खातीले निर्देशन गर्ने चलचित्र प्लानेट थ्री फिल्मसले निर्माण गर्नेछ । चलचित्रको कार्यकारी निर्माताको रूपमा अर्जुन सुवेदी रहेका छन् । 

    Saigrace_Adhuro_Prem_Film_Annoucement2.jpeg

    चलचित्रको घोषणामा थिम पोस्टर पनि सार्वजनिक गरियो । पोस्टरमा चलचित्रको नाम ‘अधुरो प्रेम’ नै राखिएको छ । साइग्रेसले आफ्नै युट्युब च्यानलमा तीन वर्ष अगाडी अपलोड गरेको १ घण्टा ४६ मिनेट लामो अडियो नोभेल ‘अधुरो प्रेम’ हालसम्म ६२ लाख भन्दा बढी पटक सुनिएको छ ।

    SAIGRACE AGREEMENT_ADHURO PREM.jpeg

    निर्देशक शिशिरले भेटेर अधुरो प्रेम साह्रै नै मन पर्छ, चलचित्र बनाउन चाहन्छु भनेपछि राजी भएको । साइग्रेसले सुनाए । निर्देशन शिशिरले आफू साइग्रेसको आवाजको फ्यान मध्ये एक रहेको बताए । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार