शुक्रबार, कात्तिक ३० गते २०८१

सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष

सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • सभामुख संसदीय मर्यादामा नबसेको कांग्रेसको निष्कर्ष

    काठमाडौँ । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरे संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको छ । शुक्रबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुख संसदीय मर्यादामा नबसेको निष्कर्ष निकालेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । 

    images

    बिहीबार सभामुखले आफ्नो मर्यादा भुलेर संसदको कामकारबाही अघि बढाउन खोजेको कांग्रेसको आरोप छ । सभामुखले बलजफती जारी राखे आफूहरूले उनलाई नमान्ने परिस्थिति बन्न सक्ने कांग्रेसले चेतावनी दिएको छ । 

    ‘सभामुख संसदीय मर्यादामा नबसेको हाम्रो निष्कर्ष छ । सभामुखले बलजफती जारी राखे हामीले नमान्ने अवस्था पनि आउन सक्छ’, बैठकपछि लेखकले भने । 

    लेखकले सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति गठन पार्टीको न्यूनतम माग भएको जानकारी दिए । समिति गठन नभएसम्म पार्टी आफ्नो अडानबाट दायाँबायाँ नहुने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार