सोमबार, साउन ७ गते २०८१

सुटिङका क्रममा पल शाह घाइते

सुटिङका क्रममा पल शाह घाइते

अखबार दैनिक
शुक्रबार, जेठ ४ २०८१
  • सुटिङका क्रममा पल शाह घाइते

    काठमाडौं । फिल्म ‘रावायण’को छायांकनको क्रममा अभिनेता पल शाह घाइते भएका छन् ।   सर्लाहीको लालबन्दी जंगल क्षेत्रमा जारी छायांकनमा फिल्मको एक्सन दृश्य खिच्दै गर्दा पलको हातमा चोट लागेको बताइएको छ । यता यस विषयमा अभिनेता आफैंले पनि सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै जानकारी दिएका छन् ।

    images

    पलले लेखेका छन्, ‘रावायणको छायांकन सेटमा सामान्य घाइते’ । उनले सेयर गरेको उक्त भिडियो हेर्दा स्थानीय स्वास्थ्य केन्द्रमा हातको उपचार भएको र उपचारपछि उनको हातमा पट्टि बाँधिएको छ । निर्माण टिमबाट प्राप्त जानकारी अनुसार चोट गहिरो रहेको र त्यसमा टाँका नै लगाउनु परेको बताइएको छ, सुदर्शन थापाले निर्देशन गरिरहेको यस फिल्ममा पल र पूजा शर्मा शीर्ष भूमिकामा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार