शुक्रबार, कात्तिक ३० गते २०८१

माधव नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताए

माधव नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताए

अखबार दैनिक
बिहीबार , जेठ ३ २०८१
  • माधव नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताए

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दासढुंगा घटनाका बारेमा गम्भीर खोजि गर्नुपर्ने बताएका छन्। मदन–आश्रितको ३१औं स्मृति दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालले मदन भण्डारीको हत्या गर्ने गरि भएको दासढुंगा दुर्घटनामा विषयमा गम्भीर खोजी गर्नुपर्ने बताएका हुन्। 

    images

    दासढुंगा दुर्घटनापछि पद्मरत्न तुलाधरको संयोजकत्वमा छानविन कमिटी र त्यसपछि केपी ओलीको नेतृत्वमा छानविन समिति बनेपछि ठोस निचोड आउन नसकेको उनको भनाइ छ । नेपालले दासढुंगा दुर्घटनाको साक्षी अमर लामाको पनि हत्या भएपनि उक्त घटना थप रहस्यमय बनेको बताए। उनले दासढुंगा दुर्घटनाको छानविनमा सबैले सहयोग गर्नुपर्ने आवश्यक रहेको जिकिर गरे।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार