सोमबार, मंसिर १० गते २०८१

नेपाली बजारमा सुनको मूल्य बढ्यो

नेपाली बजारमा सुनको मूल्य बढ्यो

अखबार दैनिक
बुधबार, जेठ २ २०८१
  • नेपाली बजारमा सुनको मूल्य बढ्यो

    जेठ २ काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको हो । 

    images

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

    यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले मात्रै बढ्दै १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार